तपाईँ सुन्दै हुनुहुन्छः

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ ।

आयोजक भारतले ५ गोल गर्दा नेपालले एक गोल मात्रै फर्काउन सकेको हो ।

नेपालका लागि सन्दीपा भोलानले एक गोल गरेकी हुन् । प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल अन्तिम खेल बंगलादेशविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button