तपाईँ सुन्दै हुनुहुन्छः

नबिल बैङ्कद्वारा चार नयाँ शाखा सञ्चालन

काठमाडौँ । नबिल बैङ्कले आइतबार काठमाडौँ र ललितपुरमा गरी विभिन्न चार वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाहरूको नबिल बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा लगायतका पदाधिकारीहरूले संयुक्त रुपमा काठमाडौँको जरंखु, शंखमूल र जालपा तथा ललितपुरको ठैब शाखाको उद्घाटन गर्नुभएको बैङ्कले जनाएको छ ।

चार नयाँ शाखाको सञ्चालनसँगै देशभर १४१ शाखामार्फत बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको नबिल बैङ्कले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button