पुलिस क्लबको दोस्रो जित
परेश सापकोटा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले लागातार दोस्रो खेलमा पनि जित हात पारेको छ ।
पुलिसको जितमा दिपेन्द्र सिंह ऐरीको महत्वपूर्ण भुमिका रह्यो । दिपेन्द्रले १० ओभरमा ४ मेडन सहित मात्र २६ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए ।
मुलपानी मैदानमा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई ७५ रनले पराजित गरेको थियो ।
पहिलो ब्याटिङ्ग गरेको पुलिसले ४३.१ ओभरमा मात्र १ सय ८५ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
नेपाल पुलिस क्लबका अमित श्रेष्ठले १ सय ६ रन बनाउँदै शतक पुरा गरेका थिए, तर अन्य ब्याट्स् म्यानहरुले खासै रन बनाउन सकेनन् ।
विजयी लक्ष्य पच्छाउने क्रममा प्रदेश १ ले, ३८.३ ओभारमा १ सय १० रन बनाउँदा सबै विकेट गुमाउन पुुग्यो ।
नेपाल पुलिसका लागि दिपेन्द्रले ५ विकेट लिएका थिए भने ललित राजवंशीले पनि ३ विकेट लिएका थिए ।
शतक प्रहार गर्ने नेपाल पुलिस क्लबका अमित श्रेष्ठ यस खेलको प्लेएर अफ दि म्याच घोषित भए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुुधबार नै भएको अर्को खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।
कर्णालीले दिएको मात्र ९४ रनको विजयी लक्ष्य प्रदेश २ ले १६ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको थियो ।
प्रदेश २ का लागि ब्याटिङ्गमा ५५ रनको योगदान गर्दै अर्ध शतक पुरा गर्ने र बलिङ्गमा पनि २ विकेट लिने हरीशंकर शाह यस खेलको प्लेएर अफ दि म्याच घोषित भएका थिए ।
प्रतिक्रिया राख्नुहोस्