घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा सिंह निर्वाचित
वीरगन्ज । वीरगन्जमा सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशनबाट उमेश प्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका सिंहले महासङ्घको संस्थापक सदस्य हुँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
महासङ्घको वीरगन्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट निवर्तमान अध्यक्षमा श्यामप्रसाद गिरी, वरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर कँडेल तथा उपाध्यक्षहरूमा लघु उद्यमतर्फ पूर्ण बहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दन कृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता वास्कोटा कोइराला, सहकारीतर्फ सत्य नारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

महासङ्घको महासचिवमा डम्बर प्रसाद रेग्मी, कोषाध्यक्षमा अच्युत पाण्डे, सचिवहरूमा दिपक बहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्र बहादुर चित्रकार, एसोसिएटतर्फ रुद्र प्रसाद न्यौपाने, सह कोषाध्यक्षमा ज्ञान बहादुर खडका तथा ८० जना सदस्यहरु निर्वाचित हुनुभएको छ ।
यसैगरी महासङ्घकै केन्द्रिय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णा कुमारी पाठक, उपाध्यक्ष सङ्गठनतर्फ तारा आचार्य, महासचिवमा डा. सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष सिंहले महासङ्घको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरूको हक हितमा काम गर्ने बताउनुभयो ।
महासङ्घको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरूलाई आत्म स्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने पनि उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्