एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भोलि पनि जारी रहने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) आजदेखि सुरु केन्द्रीय कमिटीको बैठक भोलि पनि जारी रहनेछ ।
बबरमहलस्थित कार्की ब्याङ्कवेटमा आजदेखि सुरु केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि आजबाट समूहगत छलफल सुरु भएको हो ।

भोलिसम्म चल्ने बैठकमा आज पहिलो दिन अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सुरु हुने र भोलि समूह नेताले समूहगत निचोड पेश गर्ने कार्यसूची रहेको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालको प्रतिवेदनमा पार्टीको साङ्गठनिक विषय, वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा, आगामी स्थानीय तह निर्वाचनमा पार्टीले लिने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषय लगायत समेटिएका छन् ।









प्रतिक्रिया राख्नुहोस्