नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु भएको छ ।
बबरमहलस्थित कार्की ब्याङ्कवेटमा आजदेखि सुरु भएको केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेस हुने र सो प्रतिवेदनमाथि छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
आज र भोलि दुई चल्ने बैठकमा आज पहिलो दिन अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सुरु हुने र भोलि समूह नेताले समूहगत निचोड पेश गर्ने कार्यसूची रहेको छ ।
अध्यक्ष नेपालको प्रतिवेदनमा पार्टीको सांगठानिक विषय, वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा, आगामी स्थानीय तह निर्वाचनमा पार्टीले लिने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषय लगायत समेटिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्