तपाईँ सुन्दै हुनुहुन्छः

झापा गोल्डकपः सातदोबाटो सेमिफाइनलमा

झापा । सातदोबाटो यूथ क्लब, काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जीतका लागि खेलको ८२ औँ मिनेटमा सुशील राईले गोल गरे । लगत्तै ८५ औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए ।

सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई खेलको म्यान अफ द म्याच भए । उनले नगद ९९९९ रुपैयाँ प्राप्त गरे ।

भोलि दोस्रो क्वार्टर फाइनल खेल सङ्कटा क्लब र थ्री स्टार क्लबबिच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button