वामपन्थी नेता वर्माको निधन
काठमाडौँ । वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आज ९३ वर्षको उमेरमा निधन भएको छ ।
उहाँ लामो समयदेखि नसाको रोगबाट बिरामी पर्नुभएको थियो । केही दिनदेखि उहाँ ह्याम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आउनुभएका वर्मा निष्ठावान् नेता मानिनुहुन्छ । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।
तस्वीरः सामाजिक सञ्जाल








प्रतिक्रिया राख्नुहोस्