तपाईँ सुन्दै हुनुहुन्छः

‘तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गोरखापत्र संस्थानको आज अवलोकन भ्रमणका क्रममा मन्त्री कार्कीले सरकार तीन वटै तहको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री कार्कीले गोरखापत्रलाई विश्वासिलो र पठनीय बनाउने काममा जुट्न आग्रह गर्नुहुँदै गोरखापत्र संस्थानको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले समयअनुकुल गोरखापत्र संस्थानका प्रकाशन र विषयवस्तुको गुणस्तरका साथै छपाइमा पनि सुधारको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button