आज ९१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । देशभर आज ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार २ सय २० नमूनाको परिक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणको नयाँ भेरिअन्ट ओमिक्रोन भाईरस नेपालमा फैलिए पश्चात् पहिलो पटक आज संक्रमित सङ्ख्या सय भन्दा कम भएको हो ।
आज संक्रमित ३ सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
आज २ लाख ८ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्