नेपाली सेनाद्वारा सेना दिवसका अवसरमा सैनिक कला कौशल प्रदर्शन

काठमाडौँ । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक कला कौशल प्रदर्शन गरेको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित भव्य समारोहकाबीच सेनाले राइफल तथा तोपबाट बढाइँ, कवाज, मार्च पास, बख्तरबन्द गाडी, हतियार प्रदर्शन, ब्यान्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिएको ब्यानर समेत प्रदर्शन गरेको थियो ।

समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा,प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा,राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्