काँग्रेस कैलालीको सभापति चयनका लागि पुनः मतदान हुने
धनगढी । नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि आज सम्पन्न मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि कटाउन पुनः मतदान हुने भएको छ ।

निर्वाचन समितिले सभापति पदका उम्मेद्वारहरुमध्ये प्रकाश बमले १ हजार १६९ मत, नारायण भट्टले १ हजार ७२ मत र रामबहादुर कलेलले १ सय ९७ मत प्राप्त गर्नु भएको छ ।
दोस्रो चरणको मतदान फागुन १८ गते धनगढीमा हुने र त्यसमा सबैभन्दा बढी मत प्राप्त गर्ने सभापतिका उम्मेदवार बम र त्यसपछिको मत ल्याउने अर्का उम्मेदवार भट्टबिच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।
काँग्रेस कैलालीको २५७६ मतदाता मध्ये हिजो सम्पन्न मतदानमा २४८६ जनाले मतदान गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्