तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनका विदेश मन्त्रीद्वारा किभमा रुसी रकेट आक्रमणको निन्दा

काठमाडौँ । युक्रेनका विदेश मन्त्री दिमिट्रो कुलेबाले शुक्रवार बिहान राजधानी किभलाई हल्लाउने “भयानक रकेट आक्रमण“ को निन्दा गर्नु भएको छ । “भयानक रुसी रकेटले किभमा आक्रमण गर्‍यो,“ कुलेबाले ट्विट गर्दै भन्नु भएको छ ।  “हाम्रो राजधानीलाई पछिल्लो पटक सन् १९४१ मा नाजी जर्मनीले आक्रमण गर्दा यस्तो अनुभव गरेको थियो।“ उहाँले थप जानकारी दिनु भएको छ । 

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गर्नुभएको थियो । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको छ । 

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्त्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो । हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकुको नियन्त्रण छ । यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button