तपाईँ सुन्दै हुनुहुन्छः

आज देशभर ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

File Photo

काठमाडौँ । आज देशभर ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

७ हजार ७ सय ४३ नमुना परीक्षण गर्दा ३  सय १८ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज ५ सय ६२ जना संक्रमित निको भएका छन् भने हालसम्म ९७ दशमलव ८ प्रतिशत संक्रमित निको भइसकेको छन् । 

आज संक्रमित एकको मृत्यु भएको छ योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ११ हजार ९ सय ३१ जनाको मृत्यु भइसकेको छ । 

हाल देशभर ९ हजार ६ सय ७८ सक्रिय संक्रमित रहेका छन् । आज एक लाख १५ हजार ४ सय ६ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button