मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–२, सुकौरामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका करीब ३३ वर्षीय दोर्जे लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
कुलेखानी फाखेल काठमाडौँ सडकखण्ड अन्तर्गत काठमाडौंबाट इन्द्रसरोबर–२ कंलकीतर्फ जाँदै गरेको बा ५७ प ८५७० नम्बरको मोटरसाइकल कंलकीमा दुर्घटना हुँदा मोटरसाइकल चालक लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । दुर्घटनामा लामा सडकबाट करीब ४०० फिट तल झरेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्