तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी आजै संसद्मा टेबल हुन्छ : मन्त्री कार्की

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने विषयमा सत्तारुढ दलहरूबिच सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी संसदमा टेबल गर्ने सहमति गरेको सरकारका प्रवक्ता एवं संचार सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

अघिल्ला बैठकहरूमा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका नेताहरूले भने एमसीसी संसदमा टेबल गर्न नहुने धारणा राख्दै आएका थिए ।

बैठकमा एमसीसी टेबल गर्ने सहमति भए पनि पारितको प्रक्रियामा भने दलहरूले छुट्टै धारणा राख्न सक्ने पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीलाई टेबल गर्ने कार्यसूची राख्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button