दल दर्ताका लागि १५ गतेसम्मको समयावधि

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई दल दर्ताका लागि यही फागुन १५ गतेसम्म समयावधि तोकेको छ ।
आयोगको आजको प्रेस मिट कार्यक्रममा प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्णयहरू जानकारी गराउनुहुँदै आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फागुन १५ गते भित्र आफ्नो दल दर्ता गरिसक्नु पर्ने जानकारी दिनुभयो ।
प्रवक्ता पौड्यालले हालसम्म आयोगमा १ सय ६ वटा राजनीतिक दलहरू दर्तामा रहेको जानकारी गराउनुभयो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जनशक्ति व्यवस्थापन, मतपत्र छपाई, निर्वाचन सामग्री, प्रचार प्रसार तथा मतदाता शिक्षा लगायतका तयारी प्रक्रिया अघि बढाइएको प्रवक्ता पौड्यालले जानकारी दिनुभयो ।
यस्तै यही फागुन ६, ७ र ८ गते छैटौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइने निर्णय भएको समेत आयोगले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्