चितवन राष्ट्रिय निकुञ्जमा बच्चासहित दुई गैँडा मृत भेटियो
चितवन। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी नवलपरासी क्षेत्रको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बच्चासहित दुई गैँडा मृत भेटिएको छ ।
बुधवार दिउसो स्वीपआउट गर्ने क्रममा हात्ती सहितको निकुञ्जको टोलीले माउ र बच्चा गैँडा मृत फेला पारेको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको छ । ‘बाघले बच्चाबाट अलग्याउन माउलाई आक्रमण गर्यो, माउले बच्चालाई बचाउन खोज्यो । त्यसपछि बच्चालाई बाघले मारेको हुन सक्छ । यसबारेमा थप विवरण आउँछ ’ आचार्यले भन्नुभयो । बच्चा गैँडाको कतिपय अङ्ग खाएको अवस्थामा फेला परेको छ । ती गैँडाका खाग र खुर सुरक्षित रहेको उनले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्