तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा वडाध्यक्षलाई विप्लव कार्यकर्ताले कार्यकक्षमै दले कालोमोसो

कञ्चनपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कञ्चनपुरमा एक जना वडाध्यक्षलाई कालो मोसो दलेका छन् । 

जिल्लाको बेलडाडी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेम खातीलाई चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो मोसो दलेका हनु  । 

नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन नेपाल कञ्चनपुरले खातीलाई कार्यकक्षमै गएर कालो मोसो दलेको हो । 

सङ्गठनले आज एक विज्ञप्ति जारी गर्दै मनोमानी तथा अनियमितता गरेको भन्दै जनकारबाही स्वरूप कालो मोसो दलेको जनाएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button