तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको जोर्तेमा ट्रक दुर्घटना, दुई जना घाइते

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर २ जोर्तेमा मालबहाक ट्रक दुर्घटना भएको  छ  ।

बुटवलबाट गुल्मीको रिडीतर्फ गइरहेको लु२ख ५५१४ नम्बरको मालवाहक ट्रक विपरीत दिशाबाट आइरहेको सवारीलाई साइड दिने क्रममा आज बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा ट्रक चालक गुल्मी रेसुङ्गा नगरपालिका वडा नम्बर १०   सिमिचौरका २६ वर्षका अशोक घर्ती र सोही स्थानका सहचालक २५ वर्षका अनिल नेपाली घाइते भएको प्रहरीले जनाएको छ । 

ट्रक जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकबाट करिब २५० सय मिटर तल खसेको प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षक वसन्त ठकुरीले जानकारी दिनुभयो । 

घाइतेहरूको उपचार तानसेनस्थित युनाइटेड मिसन अस्पताल भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button