तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रागिरिमा हिउँ खेल्न जाँदा हराएका पाँच जनाको पाँच घण्टापछि सकुशल उद्धार

फाइल तस्बिर

काठमाडौँ । नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ ।

प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रीता गुरुङ, १५ वर्षीया सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविनलाई गए राति १  बजे सकुशल उद्धार गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हिउँ खेल्न गएर फर्कने क्रममा हराएका पाँच जनालाई ५ घण्टापछि सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । 

प्रहरीले उनीहरूलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाएको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button