तपाईँ सुन्दै हुनुहुन्छः

प्रतितोला रु १०० ले बढ्यो सुनको मूल्य

फाइल तस्बिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९२ हजार ६०० पुगेको छ । 

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button