तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातले कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक अवरुद्ध 

जुम्ला । बिहीबार रातीदेखि लगातार भइरहेको वर्षा र भारी हिमपातका कारण कर्णाली राजमार्गको विभिन्न खण्ड अवरुद्ध भएको छ । 

हिमपातका कारण कालिकोटको पिलिमा सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार पहिरो पन्छाउन कालिकोटतर्फ जुम्लाबाट मेसिन पठाइएको छ । यद्यपि, के कति अवरुद्ध भएको भन्ने सूचना आएको छैन । 

त्यस्तै, कर्णाली राजमार्गको जुम्ला खण्डमा पनि भारी हिमपातले गाडी सडकमै रोकिएका छन् । जुम्ला सदरमुकामदेखि झन्डै ८ किलोमिटर पश्चिमतर्फ एैरेनीमा छोटो तथा लामो दुरीका गाडी हिमपातले फसेका छन् । 

“जुम्ला सदरमुकाम देखि एैरेनीसम्म हिउँ पन्छाउँदै गाडी ल्याइयो । तर हिमपात नरोकिएपछि गाडी गुड्ने अवस्था छैन । सयौँ गाडी जाममा परेका छन् । सम्भावित पहिलो पन्छाउन र अत्यावश्यक यात्रा सहज बनाउन सडक डिभिजनको टोली सडकमै खटिएको छ ।”, निमित्त प्रमुख भण्डारीले भन्नुभयो । 

त्यस्तै, लगातार वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अन्तर्गत खडा चक्र नगरपालिमा–२ हुल्म बजार नजिक ठुलो ढुङ्गा र माटो सहितको पहिरो आउँदा  अवरुद्ध भएको सडक खुलेको छ । राजमार्ग अवरुद्ध बनेको हो ।

त्यस्तै, नाग्म गमगडी सडक खण्ड पनि हिमपातले अवरुद्ध भएको छ । सडक खण्डको जुम्ला र मुगु जिल्ला जोड्ने सिमाना बुलेबलेमा ठुलो पहिरो आउँदा सडक बन्द भएको भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाक्लो हिउँ जमेका कारण मेसिन पनि जान सक्ने अवस्था नरहेको र तत्काल केही दिन उक्त सडकको यात्रा नगन अनुरोध गरिएको छ ।  

कर्णाली राजमार्ग र नाग्म गमडी सडक खण्डका कुनै पनि भागमा हुने अवरुद्धलाई हटाउन तथा यात्रा सहजीकरण गर्नका लागि सडक डिभिजन जुम्लाको पुरै जनशक्ति मेसिन सहित सडकमा खटिएको छ । 

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले अत्यावश्यक काम बाहेक यात्रा नगर्न समेत अनुरोध गरिएको बताउनुभयो । 

हिमपात जारी रहेकोले घटना हुनसक्ने भन्दै सजक रहन उहाँको आग्रह छ । यद्यपि कुनै समस्या भए र घटना घटेमा प्रहरीलाई खबर गर्ने समेत भनिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button