तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीमा प्रवेशीहरुको आकर्षण बढेको छ : अध्यक्ष नेपाल 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूको लहर चलेको बताउनु भएको छ ।

पार्टी कार्यालयमा  बिहीबार उदयपुरका २० बढी नेता तथा कार्यकर्ताहरू पार्टी आबद्ध कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताउनुभएको हो 

पार्टीको केन्द्रीय कार्यालयमा उदयपुरबाट प्रवेश गर्नेहरूलाई स्वागत गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले एमाले परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको बताउनुभयो । नेता नेपालले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी  दिइने भन्दै आज सबैतिर एकीकृत समाजवादी प्रवेश गर्नेको लहर चलिरहेको बताउनु भयो  । 

अरू पार्टी परित्याग गरी एकीकृत समाजवादीमा समाहित हुनेको लहर चलिरहेको छ । पार्टीको केन्द्रीय कार्यालयमा दिनहुँ जसो पार्टीमा प्रवेश गर्नेहरूको ताँती लाग्ने गरेको उहाँले बताउनु भयो । आफूहरूसँग इतिहासको रथ र नदिको प्रवाहलाई पछाडि धकेल्नेहरूका विरुद्ध गतिशीलता हाम्रो लक्ष्य उद्देश्य भएको भन्दै  अध्यक्ष नेपालले कसैले यसको प्रवाहलाई रोकेर रोक्न नसक्ने बताउनुभयो । 

उहाँले देश निमार्ण गर्ने अभिभारा, समाज परिवर्तन गर्ने अभिभारा अब हाम्रो काँधमा  आएको,  इमानदार कम्युनिष्टहरुको काँधमा आएको, क्रान्तिकारी विद्रोही चेत भएका कम्युनिष्टहरुको काँधमा आएको बताउनुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवप्रवेशीहरुलाई स्वागत गर्दै उहाँहरूलाई यथोचित स्थान दिने बताउनुभयो ।  कार्यक्रममा एमाले परित्याग गरी मजदुर सङ्गठनका केन्द्रीय सदस्यहरु किशोर चाम्लिङ, राजु राई विप्लव माओवादी सम्पर्क मञ्चका नेता  सूर्यमान बम्जन लगायतका नेताहरू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  माधवकुमार नेपाल र पार्टी केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाको हातबाट टीका र खादा ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button