झापामा २९ ग्राम ब्राउनसुगरसहित एक पक्राउ

भद्रपुर, झापा । झापाको बिर्तामोडबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
मङ्गलवार साँझ ६ बजे बिर्तामोड–५ पञ्चकन्या चोकमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड–५ बस्ने २४ वर्षीय सुनिल लिम्बूलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट २९ ग्राम ब्राउनसुगर, नगद दुई हजार र मोबाइल २ थान बरामद भएको थियो ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्