तपाईँ सुन्दै हुनुहुन्छः

आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । 

भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित खरले छाएको कच्ची घरमा सोमबार राति आगलागी हुँदा ५० वर्षीय पदम ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो । घरका अन्य सदस्य भने सकुशल रहेका छन् । 

त्यस्तै कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ झिलमिलाबस्ती स्थित लक्ष्मण सिंह धामीको पक्की घरमा विद्युत् सर्ट भई कोठामा आगलागी भएको छ । सोमबार राति मिटर बक्समा भएको आगलागीबाट उक्त कोठामा राखिएका तीन थान नागरिकता, शैक्षिक कागजात, टेबुल, प्रगति युवा समाजका खेलाडीका ड्रेस (जर्सी) लगायतका सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button