तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता : समसामयिक विषयमा छलफल 

File Photo

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । 

उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । 

तीन नेताबीचको भेटमा संसद्को गतिरोध अन्त्य, एमसीसी, स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको प्रेस संयोजक परियारले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button