चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ ल्याइने: मन्त्री चौधरी
काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी चैत मसान्त सम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम भइरहेको बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले निर्माण कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
अस्थायी रूपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडौँ उपत्यकामा आउने विश्वास दिलाउँदै मन्त्री चौधरीले एसियाली विकास बैङ्कको अध्ययन प्रतिवेदनका आधारमा स्थायी संरचनालाई अघि बढाउने जानकारी दिनुभयो ।
आयोजनाको बाँध र सुरुङको काम अहिले धमाधम भइरहेको बताउँदै उहाँले वर्षा याममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वानुमान चेतावनी संयन्त्र जडान गरिने पनि जानकारी दिनुभयो ।
गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानीको बाँध र सुरुङमा क्षति पुर्याएको थियो ।








प्रतिक्रिया राख्नुहोस्