तपाईँ सुन्दै हुनुहुन्छः

प्रतितोला ९०० ले घट्यो सुनको मूल्य

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ले घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button