तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको कुल जनसंख्या ३ लाख २७ हजार ६२० पुग्यो

तनहुँ  । राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँको जनसंख्या ३ लाख २७ हजार ६ सय २० पुगेको छ । 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार १० वर्षमा जिल्लामा ४ हजार ३ सय ३२ जनसंख्या थपिएको हो । 

२०६८ सालको जनगणनामा तनहुँको जनसंख्या ३ लाख २३ हजार २ सय ८८ थियो । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार २०६८ को तुलनामा यसपटक जनसंख्या करीब १.३ प्रतिशतले बढेको छ । 

जिल्लामा जनसंख्या वृद्धि दर वार्षिक ०.१३ छ । तनहुँ जनसंख्या जनसंख्या वृद्धि धनात्मक भएको जिल्लामा परेको छ । 

तनहुँमा ५३.३३ प्रतिशत महिला र ४६.६७ प्रतिशत पुरुष जनसंख्या छ । जसमा १ लाख ७४ हजार ६ सय ९९ महिला र १ लाख ५२ हजार ९ सय २१ पुरुषको जनसंख्या रहेको केन्द्रिय तथ्यांक विभागले जारी गरेको प्रारम्भिक नतिजामा उल्लेख छ ।

त्यस्तै, जिल्लामा जनगणना घर ८१ हजार ६ सय ४७ रहेको छ भने ९३ हजार १ सय ७३ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । जिल्लामा लैंगिक अनुपात ८७.५३ रहेको छ ।

यस्तै, तनहुँका १.७७ प्रतिशत जनसंख्या परिवारमा अनुपस्थित (विदेशमा) रहेको देखिन्छ ।  जसअनुसार ३८ हजार ४ सय ४० जना विदेशमा रहेको तथ्याङ्कमा उल्लेख छ । जसमा ३४ हजत १ सय ५४ जना पुरुष र ४ हजार २ सय ८६ जना महिला रहेका छन् ।    

कुन पालिकामा कति जनसंख्या ?तनहुँका १० वटा स्थानीय तह मध्ये व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ । 

जिल्लाका मुख्य शहरी क्षेत्रमा रहेका दुई पालिकामा जनसंख्या धेरै रहेको तथ्याङ्कमा देखिएको छ  ।

जसअनुसार व्यास नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ । जसअनुसार ८० हजार ९ सय ४४ जना जनसंख्या पुगेको छ । जसमा ३७ हजार ६ सय ६९ पुरुष र ४३ हजार २ सय ७५ महिला रहेका छन् । 

त्यस्तै, जनगणना घर १९ हजार ५ सय ४७ रहेको छ भने २४ हजार ७८ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, शुक्लागण्डकी नगरपालिकामा ५५ हजार ७ सय ४९ कुल जनसंख्या पुगेको छ । जसमा २६ हजार २३ पुरुष र २९ हजार ७ सय २६ महिला रहेका छन् । 

त्यस्तै,जनगणना घर १४ हजार ८६ रहेको छ भने १५ हजार ४ सय ७९ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । 

यस्तै, भानु नगरपालिकामा ४३ हजार २ सय ५५ कुल जनसंख्या पुगेको छ । जसमा १९ हजार ९ सय ४३ पुरुष र २३ हजार ३ सय १२ महिला रहेका छन् । 

त्यस्तै, जनगणना घर १२ हजार ३ सय ५१ रहेको छ भने १३ हजार ६४ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी, भिमाद नगरपालिकामा ३३ हजार ७७ कुल जनसंख्या पुगेको छ । जसमा १५ हजार १ सय ६६ पुरुष र १७ हजार ९ सय ११ महिला रहेका छन् । 

त्यस्तै, जनगणना घर ७ हजार ९ सय ६५ रहेको छ भने ८ हजार ९ सय ६४ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, म्याग्दे गाउँपालिकामा २३ हजार ३ सय ८५ कुल जनसंख्या पुगेको छ । जसमा १० हजार ७ सय ८१ पुरुष र १२ हजार ६ सय ४ महिला रहेका छन् । 

त्यस्तै, जनगणना घर ५ हजार ८ सय ५७ रहेको छ भने ६ हजार ५ सय ३२ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । 

यस्तै, आँबुखैरेनी गाउँपालिकामा २२ हजार ३ सय ४९ कुल जनसंख्या पुगेको छ । जसमा १० हजार ७ सय ९१ पुरुष र ११ हजार ५ सय ५८ महिला रहेका छन् । 

त्यस्तै, जनगणना घर ४ हजार ७ सय ५८ रहेको छ भने ६ हजार २ सय ८४ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, बन्दिपुर गाउँपालिकामा १९ हजार ४ सय ३ कुल जनसंख्या पुगेको छ । जसमा ९ हजार २ सय ५१ पुरुष र १० हजार १ सय ५२ महिला रहेका छन् । 

त्यस्तै, जनगणना घर ४ हजार ७ सय १२ रहेको छ भने ५ हजार ४ सय १८ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी, ऋषिङ गाउँपालिकामा १८ हजार ८ सय २१ कुल जनसंख्या पुगेको छ । जसमा ८ हजार ५ सय ९० पुरुष र १० हजार २ सय ३१ महिला रहेका छन् । 

त्यस्तै, जनगणना घर ४ हजार ६ सय ११ रहेको छ भने ४ हजार ९ सय ८१ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । 
 त्यस्तै, घिरिङ गाउँपालिकामा १५ हजार ३८ कुल जनसंख्या पुगेको छ । जसमा ७ हजार १३ पुरुष र ८ हजार २५ महिला रहेका छन् । 

त्यस्तै, जनगणना घर ४ हजार १ सय २ रहेको छ भने ४ हजार ४ सय ९० कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । 

जिल्लाको देवघाट गाउँपालिकामा भने सबैभन्दा कम जनसंख्या रहेको तथ्यांक छ । जसमा कुल १४ हजार ९ सय ४१ जनसंख्या रहेको छ । जसमा ७ हजार १ सय १५ पुरुष र ७ हजार ८ सय २६ महिला रहेका छन् । 

त्यस्तै, जनगणना घर ३ हजार ६ सय ५३ रहेको छ भने ३ हजार ८ सय ७८ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button