तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट शाह र पार्की निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) निर्वाचित हुनुभएको छ । 

सत्ता गठबन्धनबाट महिला तर्फको उम्मेदवार शाहले ३ हजार ८ सय ३४ मत भार प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सन्तोष कुमारी शर्मा थापाले १ हजार ७ सय २८ मत भार पाउनुभएको छ । 

त्यसैगरी, सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा माओवादी केन्द्रका जगत पार्की विजयी हुनुभएको छ । 

सत्ता गठबन्धनबाट दलित तर्फका उम्मेदवार पार्की ३ हजार ७ सय ६२ मत भारसहित विजयी हुनुभएको हो । 

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नरेश विकले १ हजार ७ सय ८२ मत भार प्राप्त गर्नु भएको छ । 

यस्तै, राष्ट्रिय सभा सदस्यको अन्य तर्फको मतगणना जारी रहेको छ । सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यका लागि भएको मतदानमा २ सय २७ मत खसेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button