तपाईँ सुन्दै हुनुहुन्छः

भाइकी छोरीको हत्या आरोपमा युवक पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नै भाइकी २७ महिने छोरीलाई हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

चापाकोट नगरपालिका ७ पिपल छापका ३८ वर्षीय युवक वासुदेव ढकाललाई आफ्नै सहोदर भाइकी छोरी २७ महिनाकी सुबिना ढकालको हत्या गरेको आरोपमा ढकाललाई पक्राउ गरिएको प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बालिकालाई ज्यान मार्ने मनसायले पटक पटक भुँइमा पछारेर अचेत बनाई छाडेको भन्ने सूचनाका आधारमा प्रहरी अधिकृत सहितको टोली घटना स्थल पुग्दा बालिका अचेत अवस्थामा भेटिएकी थिइन् । बालिकालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा पटाइएकोमा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।

आरोपित ढकाललाई मङ्गलवार जिल्ला अदालतमा ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता तथा एक हप्ताको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button