नारायणी अस्पतालमा थप १ सङ्क्रमितको मृत्यु

वीरगंज । बीरगंजको नारायणी अस्पतालमा एक कोरोना संक्रमित पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
बारा जिल्ला कोल्बी नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि माघ १० गते उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएकोमा हिजो उहाँको एण्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले बताउनुभयो ।
आइसियुमा राखी उपचाररत पुरुषको आज बिहान निधन भएको डाक्टर सिंहले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिएसँगै वीरगंजमा एक हप्ता यता अस्पतालमा उपचारको क्रममा ३ जना सङ्क्रमितको मृत्यु भएको डाक्टर सिंहले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्