तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगर र पौने दुई लाख रुपैयाँसहित तीन जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले लागू औषध ब्राउन सुगर र नगद पौने दुई लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

आज दिउँसो साढे १ बजे सीमा प्रहरी कार्यालय जयसपुर र जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको संयुक्त टोलीले नेपालगन्ज १७ स्थित चौलिका चोक नजिकैको थुकैला गाउँबाट ३० ग्राम लागू औषध ब्राउन सुगर र १ लाख ८० हजार ९ सय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ पर्नेमा ४५ बर्षीया मुन्नी जोलाह, ३५ बर्षीया जरिना अन्सारी र ३९ वर्षीय कल्लु जोलाह रहेका छन् । लुकिछिपी नेपालगन्जतर्फ आउँदै गरेका तीन जनालाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा गएको टोलीले शङ्कास्पद तरिकाले नेपालगन्ज आउँदै गरेका उनीहरूलाई चेकजाँचका क्रममा रङ्गेहात पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button