तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण पत्र

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले विगतका सम्झौता विपरीत सरकारले काम गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

सरकारलाई नेकपा एमाले संसदीय दल गण्डकी प्रदेशको तर्फबाट २०७८ साउन ३१ गते पत्र लेखी ध्यानाकर्षण समेत गराइएको र त्यस पत्रमा उल्लेखित बुँदाहरू सम्बोधन गर्ने दिशा तर्फ सरकार नगएको भन्दै पुनः मुख्यमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रदेश सरकारले विगतमा निर्धारण गरिएका योजना र विकासका लक्ष्यहरूलाई कटौती गरेर नयाँ गैर बजेटका योजनाहरूमा रकमान्तरण गरेको भन्दै एमालेले बिरोध गरेको छ । एमालेले विकासमा समन्यायिकता प्रदान नगरेको भन्दै प्रदेश सरकारको यस्तो रवैयाले यस प्रदेशका जनताको विकासको अपेक्षामा ठूलो कुठाराघात भएको आरोप समेत लगाएको छ । 

गण्डकी प्रदेशका गौरवका आयोजना र निर्धारण गरिएका बहुवर्षीय योजनाहरू सम्पन्न नगरी नयाँ योजनामा बजेट विनियोजन गरेको भन्दै एमालेले बिरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button