प्रदेशस्तरीय ‘लैंगिक हिंसा विरुद्धको अभियान’ भोलिदेखि बिराटनगरबाट शुरु हुने

काठमाडौँ – लैंगिक हिंसा विरुद्धको प्रदेशस्तरीय अभियान कार्यक्रम भोलिदेखि बिराटनगरबाट शुरु हुने भएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज पत्रकार सम्मेलन गरी लैंगिक हिंसा विरुद्धको अभियानलाई सफल पार्न लैंगिक हिंसा विरुद्धको प्रदेशस्तरीय कार्यक्रमम सुरु गर्न लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले लैंगिक हिंसा विरुद्धको प्रदेशस्तरीय अभियान सफल पार्न सबै पक्षलाई सहयोगका लागि आग्रह गर्नुभयो ।
सोमबारदेखि आगामी मंसिर ९ गतेसम्म मुलुकका सातवटै प्रदेशमा सञ्चालन हुने कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रालयका सदस्यसहित स्थानीय तहका प्रमुख उप–प्रमुख र सरोकारवाला पक्षको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।
लैगिक हिंसा विरुद्धकोे १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५देखि शुरु भई डिसेम्बर १०सम्म मनाइने गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्