तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको बैठक: जनपरिचालनका कामहरुको जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौं । नेकपा (माओवादी) केन्द्रले कोरोना महामारीको तेस्रो लहर कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने भएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले जनपरिचालन र बाँकी रहेका सङ्गठनात्मक कामहरू टुङ्ग्याउने जिम्मा अध्यक्ष प्रचण्ड लाई दिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।

उहाँले बैठकमा अमेरिकी सहयोग (एमसिसी) र आगामी निर्वाचनका विषयमा पनि गहन छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button