छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
बारा । बाराको दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सिंहासनीस्थित मोटरसाइकलको ठक्करबाट पैदल यात्री ५ वर्षीय उषा माझीको मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी माझीको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालक निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने २० वर्षीय निसिल खुलाललाई पक्राउ गरेको छ ।
त्यस्तै प्रसौनी गाउँपालिका वडा नम्बर ३ मा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक परवानीपुर गाउँपालिका वडा नं.४ बस्ने २० वर्षीय सुरज यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्