तपाईँ सुन्दै हुनुहुन्छः

आहा ! रारा गोल्ड कप माघ ६ देखि हुने

पोखरा । आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २० औँ संस्करण आगामी माघ ६ देखी १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ सहारा क्लब पोखराले आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, आयोजक सहारा र एक विदेशी सहित १० टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा नेपालका ‘ए डिभिजन क्लब’हरू सङ्कटा फुटबल क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लब पोखराको सहभागिता रहने भएको हो ।

विसं २०५५मा स्थापना भएको सहारा क्लब पोखराले आयोजन गर्ने यस प्रतियोगिता सबैको चासो हुने गर्दछ ।

प्रतियोगितामा कूल अनुमानित आम्दानी रु एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च रु एक करोड छ लाख ४८ हजार ५०० रहेको क्लबले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button