तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको शुक्लागण्डकी नगरपालिकामा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गरी बिदा दिने निर्णय जानकारी दिएको छ ।

भोलि नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय, विद्यालय बन्द हुने उपसचिव नवराज चापागाईँले जानकारी दिनुभयो । जिल्लाको ऋषिङ गाउँपालिकाले पनि २७ गते बिदा दिने निर्णय गरेको छ । ऋषिङमा दोस्रो खुल्ला अल्ट्रा म्याराथन हुँदै छ । अन्य पालिकाले भने सार्वजनिक बिदाको निर्णय गरेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button