श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र रेडियो नेपालबिच सम्झौता
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र रेडियो नेपालबिच रेडियो नेपालबाट सूचना तथा सन्देश प्रसारण गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार, रेडियो नेपालले बालश्रम विरुद्ध जनचेतना जगाउने सूचना तथा सन्देश नेपाली सहित विभिन्न भाषामा प्रसारण गर्नेछ ।
सम्झौता पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने र रेडियो नेपालका निर्देशक खगेन्द्र खत्रीले हस्ताक्षर गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्