तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि ६ उम्मेदवार

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । 

पार्टी सभापति शेर बहादुर देउवाको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज सानेपामा बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो ।

File Photo

जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवार मनोनयन गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी केन्द्रीय कार्य समितिको बैठकले माघ १२ गते हुने मतदानमा गठबन्धनका उम्मेदवारहरूलाई मत दिन समेत आह्वान गरेको छ ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार काँग्रेसको भागमा ६ सिट परेको थियो ।

१४ औँ महाधिवेशनपछि काँग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button