तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । 

भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका ३२ वर्षीय सुरेन्द्र बिष्टको गए राति ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक केशव भट्टले बताउनुभयो । 

ट्याक्टर चालक सोही ठाउँ बस्ने ३८ वर्षीय भूपेन्द्र सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button