उज्वेकिस्तानमा ग्यास विस्फोट हुँदा ३ जनाको मृत्यु
तास्कन्द, उज्बेकिस्तान । उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विस्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको उज्बेकको आपत्कालीन मन्त्रालयले शुक्रवार जनाएको छ।
विस्फोटको कारण नुहाउने घरको छाना भत्किएको बताइएको छ । घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ । राससरएएनरआईरसिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्