तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्छ: अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभएको छ । 

काठमाडौँको नयाँ बानेश्वरमा नागरिक लगानी कोषको नव निर्मित भवन उद्घाटन कार्यक्रममा मन्त्री शर्माले विद्युतको खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो दिशामा गएको बताउनुभयो । 

मन्त्री शर्माले कृषि आधुनिकीकरण, औद्योगिकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोषले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

नागरिक लगानी कोष ठूला कोषहरूमध्ये एक रहेको भन्नुहुँदै मन्त्री शर्माले यस्ता कोषहरूको उचित परिचालन गर्नुपर्ने बताउनुभयो । 

आगामी दिनमा लगानीका लागि ठूलो पुँजीको आवश्यकता रहेकाले त्यसका लागि कोषहरू केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button