मकवानपुरमा पनि मनाइयो राष्ट्रिय मेलमिलाप दिवस
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले शुक्रवार ४६ औँ ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाएको छ ।
शुक्रवार हेटौँडास्थित पार्टी कार्यालयमा नेपाली काङ्ग्रेसकी केन्द्रीय सह महामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यतामा मेलमिलाप दिवस मनाइएको हो ।

कार्यक्रममा सहमहान्त्री उपाध्यायले काँग्रेसका संस्थापक नेता बिपी कोइराला लगायतका अन्य नेताहरू लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय मेलमिलाप दिवस’ का रुपमा मनाउने गरेको स्मरण गर्नुभयो ।
उहाँले सबैले बिपी कोइरालाको विचारलाई सम्झनुपर्ने बताउनुभयो । उहाँले पार्टी, विधान, दस्ताबेज बीपीकोे विचारमा आबद्ध रहेको बताउनुभयो ।
संविधानलाई लोकतान्त्रिक बनाउँदै गर्दा बिपीको विचार, समावेशितालाई लिएर राष्ट्रलाई समावेशी बनाएको उपाध्यायको भनाइ थियो । नेपाली काङ्ग्रेसको बहुमत सरकार बनेपछि मात्र आर्थिक उन्नति, आर्थिक रूपान्तरण, सामाजिक रूपान्तरणका कुराहरू सम्भव हुने नेतृ उहाँले दाबी गर्नुभयो ।
नेपाली काङ्ग्रेस मकवानपुरका उपसभापति विष्णु प्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रवक्ता प्रदीप कोइराला लगायत नेता कार्यकर्ताहरूको आतिथ्यता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्