राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शर्मा नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको बताउनुभयो ।
बोर्डका तत्कालीन अध्यक्ष डा. चन्द्रमणि पौडेलको कार्यकाल समाप्त भएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समिति गठन गर्नु भएको थियो । समिति गठन भएको १५ दिन पछि दरखास्त आह्वान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्