तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो बारा महोत्सव मंसीर १९ गतेदेखि

रन्जन यादब, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको औराहामा तेस्रो बारा महोत्सव आयोजना हुने भएको छ ।

आगामी १९ देखि २९ मंसिरसम्म हुने महोत्सवलाई कृषि, पर्यटन, औद्योगिक ब्यापार मेलाको रुपमा आयोजना गर्न लागिएको र महोत्सवमा १५० भन्दा बढि स्टल रहने पत्रकार सम्मेलनमा बोल्दै आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले बताउनु भयो ।

महोत्सवमा कृषि उत्पादनको बजारीकरण तथा प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादनको प्रर्दशनी, दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुतीहरु समेत रहने छन ।

महोत्सवमा करिव एक लाख दर्शकले सहभागिता जनाउने आयोजकको अपेक्ष आयोजकहरुको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button