तपाईँ सुन्दै हुनुहुन्छः

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमार्डाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष वेदराम भुसाल, जनता समाजवादी पार्टीबाट सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएको छ । 

बैठकमा संसद्मा जारी गतिरोध र समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । 

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसद्मा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बस्ने कार्यक्रम रहेको जानकारी पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button