मनकामना केबलकार चार दिन बन्द हुने

मुग्लिन । मनकामना केबलकार चार दिन बन्द हुने भएको छ ।
स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत सम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।
मर्मत सम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उहाँले बताउनुभयो ।
उक्त अवधिभर केबलकार बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो ।
चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्